सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा मोटरसाईकल र कार आपसमा ठोक्किदा एकजनाको मृत्यु

२०७६ जेठ ५, ०७:१७ खबर संवाददाता

कैलालीको टीकापुरमा मोटरसाईकल र कार एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ। शनिवार साँझ टीकापुर–सती सडक खण्डमा बा १६ च ४७१० नम्बरको कार  र युपी ३१ एस ५१७० नम्बरको मोटरसाइकल एक आपसमा ठठोक्किदा मोटरसाइकलमा सवार  चालक टीकापुर नगरपालिका ८ का २९ वर्षीय कमल साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको टीकापुर अस्पतालमा मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। कार चालक र कार ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस