सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायल गाउँपालिकाले एम्वुलेन्समा दाताको नाम हटायो, एम्वुलेन्स अझै सञ्चालन भएन

२०७६ जेठ ४, ०७:०५ खबर संवाददाता

डोटीको जोरायल गाउँपालिकाले एम्वुलेन्समा दाताको नाम हटाएको छ। एम्वुलेन्समा खरिदमा पहल गरेका नेपाली कांग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ५ महिना सम्म एम्वुलेन्स सुचारु गर्न नमानेकोमा अहिले आएर दाताको नाम हटाईएको हो। एम्वुलेन्समा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरिद गरेको कुरा उल्लेख गरिएकोमा अहिले हटाईएको छ। दाताको नाम हटाएर अहिले प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टे जोरायल गाउँपालिका, डोटी मात्रै लेखिएको छ। 

नेपाली कांग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ५ महिना देखि नै प्रथामिक स्वास्थ्य केन्द्र जोरायलमा एम्वुलेन्स थन्काएको थियो। अव नाम हटाईएपछि एम्वुलेन्स सञ्चालनका लागि चालक राख्न आवेदन खोलिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए। उनले गाउँपालिकाकै पहलमा आमा फाउण्डेसनले एम्वुलेन्स खरिद गरे पनि कांग्रेस नेताको नाम उल्लेख गरिएकाले अहिले हटाईएको बताए। कांग्रेसको नेताको नाम नहटाए आगामी आर्थिक बर्षमा गाउँपालिकाबाट बजेट विनियोजन गर्दै नयाँ एम्वुलेन्स खरिद गर्ने दावी उनले गर्दै आएका थिए। 
 

कमेन्ट लोड गर्नुस