सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुरामका प्रशासकीय अधिकृत कुट्ने उपप्रमुखसहित २ वडाध्यक्ष पक्राउ

२०८० चैत्र २, ०६:२४ खबर संवाददाता

धनगढी : डडेल्धुराको परशुरामका प्रशासकीय अधिकृत कुट्ने उपप्रमुखसहित २ वडाध्यक्ष पक्राउ गरेका छन्। कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधि पक्राउ परेका हुन्।


बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको थियो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ परेका छन्। 

तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको हो। कार्यपालिका सदस्यहरुले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै जोशीमाथि कुटपिट गरेका थिए। माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग गरेका थिए। 

बिहिवारको बैठकमा पनि उनीहरुले सोही माग राखेपछि  प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए। जनप्रतिनिधिका आक्रमणमा परी हाकिमको टाउको गम्भीर चोट लागेको छ।  जोशीको टाउकोमा तीन वटा टाका लागेको छ। घटनापछि स्थानीय कर्मचारी आन्दोलित भएका छन्। उनीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन्।
 

कमेन्ट लोड गर्नुस