धनगढीबाट पाँच जना जुवाडे पक्राउ
धनगढीः धनगढीबाट पाँच जना जुवाडे पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको रोहित होटलबाट जुवातास खेलिरहेको अवस्थामा नगद ८३ हजार ५८५ रुपैँया र तीन गड्डी ताससहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–५ का ४१ वर्षीय कालुराम चौधरी (होटल संचालक), बझाङ केदारस्यु गाउँपालिका–३ का २७ वर्षीय जयबहादुर खत्री, टीकापुर नगरपालिकापालिका–६ का ३५ वर्षीय सिउपाल चौधरी रहेका छन्।
यस्तै धनगढी–५ कै २३ वर्षका रोहित खड्का रहेका छन्। उनीहरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहर निरीक्षक जनकराज ढुङ्गानाको टोलीले पक्राउ गरको हो।