सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु, एक जना गम्भिर

२०७६ जेठ ४, ०६:४२ खबर संवाददाता

कैलालीको जानकी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ। अन्य एक जना गम्भिर घाईते भएका छन्। गाउँपालिकाको बेलापुर भित्री सडकमा से २ प ४२४६ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको हो। मोटरसाईकलमा सवार सोही ठाउँका ३२ बर्षिय रामनारायण चौधरीको मुत्यु भएको हो।

मोटरसाईकल चालक २३ बर्षिय कृष्ण बम गम्भिर घाईते रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। बमको टिकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। एनको टाउँकोमा गम्भिर चोट लागेको छ। 
 

कमेन्ट लोड गर्नुस