सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 

२०८० फाल्गुन ३०, ०७:४४ खबर संवाददाता

बैतडीः बैतडीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका-२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामीलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो। धामीलाई प्रहरी चौकी गाँजरी बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ गाजँरी बजारमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस