सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा महिलालाई रुखमा बाधी जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

२०७६ जेठ ४, ०१:१४ खबर संवाददाता

कैलाली प्रहरीले महिलालाई जंगलमा लगेर रुखमा बाधी जबरजस्ती करणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ६ को मसुरिया र कनरी बिचमा रहेको भारताल जंगलमा लगेर उसा नाम परिवर्तनलाई   रुखमा बाधी करणी गर्न खोज्ने कैलारी गाउँपालिका ८ कै २४ वर्षीय मनिश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले गत फागुन १८ गते  दिउँसो १ बजेको समयमा महिलालाई धारिलो हतियार चक्कु देखाई जंगलमा लगी करणी गर्न खोजेका थिए।

पीडितलाई त्रास देखाएर जंगलमा लगी सम्पूर्ण कपडा खोल्न लगाएर ब्राले पीडितको हात पछाडी बाधी आफ्नो बेल्टले रुखमा घाटी बाधेर जबरजस्ती करणी  गर्ने क्रममा महिलाले साईकल, मोवाईल र पर्स सडक छेउमा छ भनेपछि लिन गएका बेला भाग्न सफल भएको प्रहरीले जनाएको छ। चौधरीको खोजी गर्दै जादा हिजो राती धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेरा शिविरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले जानकारी दिए। चौधरीको साथबाट मोवाईल समेत बरामद गरी थप अनुसन्धान भइरहेको बस्नेतले बताए।  

कमेन्ट लोड गर्नुस