सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिडिया कप फुटसल प्रतियोगिता सुरु

२०७६ जेठ ४, १२:५६ खबर संवाददाता

धनगढीमा आजदेखि मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ।  धनगढीको फल्याटल्याण्ड फुडसलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन आज चार खेल भएका छन्।  आज भएको खेलमा एसटीएस टेलिभिजन, रेडियो धनगढी र बी टिभी विजयी भएका छन्  भने रेडियो डेलिमेल र डेलीपाटी डट कमले बराबरी खेलेका छन्।  उद्घाटन खेलमा एसटीएस टेलिभिजनले पश्चिम टुडेलाई १५—२ ले पराजीत गरेको हो।  एसटीएसका लागि सागर शाहले सर्वाधिक ७ गोल गरे।

शंकर बोहोराले चार जितेन्द्र रावल र योगेन्द्र नायकले दुई दुई गोल गरे। पश्चिम टुडेका लागि दिपक उपाध्याय र खेम उपाध्यायले एक एक गोल फर्काए। यस्तै आज नै भएको अर्का खेलमा रेडियो धनगढी विजयी भएको छ।  धनगढीले दिनेश एफएमलाई ६—१ गोलले पराजीत गरेको हो। रेडियो धनगढीका लागि लोक कार्कीले तीन, प्रकाश छेडाल, सौरभ थापा र पुष्प जोशीले एक एक गोल गरे।

 दिनेश एफएमका लागि कमल सावदले एक गोल फर्काएका थिए। तेस्रो खेलमा भने रेडियो डेलिमेल र डेलीपाटी डटकमले चार चारको बराबरी खेले । डेलिमेलका लागि सन्तोष रावतले तीन तथा राजेश चौधरीले एक गोल गरे। डेलीपाटीका लागि पुष्कर विकले  चार गोल गरे। पहिलो दिनको चौथो तथा अन्तिम खेलमा बी टिभी विजयी भएको छ।

बी टीभीले सुदुर सन्देशलाई ५—४ ले हराएको हो। बी टिभीका लागि नवराज धानुकले तीन र सीताराम ओझाले दुई गोल गरे। सुदुर सन्देशका लागि बालकृष्ण शर्माले तीन र पुष्कर पौडेलले एक गोल गरे। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक लिग चरणका चार खेल हुनेछन्। यअसघि प्रतियोगिताको एक कार्यक्रमका बिच नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराज पन्तले गरेका थिए।

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ। उनीहरुलाई २ समुहमा विभाजन गरि लिग चरणका आधारमा अंक अनुसार सेमिफाईनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजार सहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस