सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा नेकपाका नेताको खेतमा २५ लाखको सिचाई योजना, ५० लाख कुम्ल्याउने चलखेल

२०७६ जेठ ४, ११:१४ जनक विष्ट

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयले डडेल्धुरामा नेकपाका नेताको खेतमा २५ लाखको सिचाई योजनामा ५० लाख कुम्ल्याउन खोजेको पाईएको छ। पूर्वाधार विकास मन्त्रालयले नवदुर्गा गाउँपालिका वडा नम्बर २ का साविकको जिल्ला विकास समितिका सदस्य समेत भइसकेका तत्कालीन एमालेका नेता नरेन्द्र बहादुर शाहीको खेतमा २५ लाखको सिचाई योजना पार्दै ५० लाख कुम्ल्याउन खोजेको आरोप लागेको हो।

 प्रदेश सरकरको वार्षिक कार्यक्रम पुस्तिकामा समावेश गरिएको कान्तेन सिचाई योजाना कार्यान्वयन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले सिचाई डिभिजन कार्यालय डडेल्धुरालाई ५० लाखको अख्तियारी दिएर उपभोक्ता समितिलाई निकासा दिन दबाब दिएको आरोप लागेको छ। वषाँै पहिले नै निर्माण भएको कान्तेन सिचाई योजनाबाट नेकपाका नेताले आफ्नो खतेमा सिचाई गर्दै आएकोमा प्रदेश सरकारले मर्मत सम्भार र स्तरबृद्धिको नाममा बजेट विनीयोजन गरी अनियमितता गर्न खोजेको नेपाली कांग्रेसबाट विजयी डडेल्धुराका प्रदेशसभा सदस्य कर्ण बहादुर मल्लले आरोप लगाए।

उनले नेकपाका नेता नरेन्द्र शाहीको खेत सिचाई गर्न वषाँै पहिले निर्माण भएको कुलोमा ५० लाख हालेर आर्थिक अनियमितता गर्न खोजिएको बताए। भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोराले समेत ५० लाख निकासा दिन दबाब दिएको आरोप समेत मल्लको रहेको छ भने स्थानीय नेता नरेन्द्र शाहीले परिवारकै सदस्यहरुलाई उपभोक्ता समितिमा राखेर योजना कार्यान्वयन गरिएको दावी गरिएको छ।

वषौँ पुरानो योजना मर्मतको नाममा लाखौँ बजेट हिनामिना गर्न खोजिएको भन्दै प्रतिपक्षी दलले विरोध समेत गरेको छ। यता सिचाई डिभिजन कार्यालय डडेल्धुराले पनि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ५० लाखको अख्तियारी दिएको कुरा स्वीकार गरेको छ तर टयाङ्कीको स्तरबृद्धि र इन्टेक निर्माण गर्नुपर्ने मात्रै देखिएपछि घटाएर १८ लाखमा उपभोक्ता समितिसंग सम्झौता गरिएको सिचाई डिभिजन कार्यालय डडेल्धुराका प्रमुख मेघराज अवस्थीले बताए।

सिचाई डिभिजन कार्यालयले १८ लाखमा सम्झौता गरिएको दावी गरेपनि उपभोक्ता समितिले २२ लाखमा सम्झौता भएको बताउदै आएको छ। योजना कार्यान्वयन गराउने निकाय र उपभोक्ता समिति बिच नै कुरा बाझिएपछि थप आशंका बढेको छ। उपभोक्ता समितिका अध्यक्ष समेत रहेका नेकपाका नेता शाहीले सिचाई डिभिजन कार्यालयसंग २२ लाखमा सम्झौता गरी योजना कार्यान्वयन गरिएको बताए।

उनले सिचाई डिभिजन कार्यालयले पेश्की स्वरुप १० लाख भुक्तानी पनि दिएको बताउँदै ट्याङकीको स्तरोन्नती र इन्टेक निर्माणको काम गरिएको जनाए। शाही डडेल्धुरामा निर्माण व्यवसायीको काम समेत गर्दै आएका छन्।  यता भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहोराले स्थानीयबाट माग भए अनुसार नै सिचाई योजना छनौट गर्दै बजेट विनीयोजन गरिएको बताउदै एकजनाको खेतका लागि नभई त्यहाँ अन्य परिवारको समेत बसोबास रहेको दावी गरे।

तर आफूलाई २५ लाखको योजनामा ५० लाखको अख्तियारी गएको कुरा जानकारी सम्म नभएको र निकासाका लागि दवाव समेत नदिएको जिकिर मन्त्री बोहोराको छ। हुन त उक्त सिचाई योजना मार्फत विगतमा एकजनाले मात्र खेत सिचाई गर्दै आएपनि अहिले थप १३ परिवारले पनि सुविधा लिइरहेको दावी गरिएको छ। तर प्रदेश सरकारले  योजनाको आवश्यता र प्रथामिकता भन्दा पनि कार्यकर्ता रिझाउन पहँुचका भरमा योजना छनौट गरेकाले बजेट दुरुपयोग भइरहेको जानकारहरुले बताएका छन्।   
      
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस