सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ

२०७६ जेठ ४, १०:२० खबर संवाददाता

धनगढीमा जबरजस्तीकरणी गर्न खोजेको  आरोपमा एकजना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा गएराती युवतीको कोठामै प्रवेश गरी जबरजस्तीकरणी गर्न खोजेको आरोपमा डोटीको शिखर नगरपालिका ५ का ४५ वर्षीय धनकुमार जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ।

वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक वकिल बहादुर सिंहले हसनपुरका स्थानीय दिपक मल्लको घरमा डेरा गरी बस्दै आएका जोशीले राती साढे १ बजेको समयमा २० वर्षीया युवतीको कोठामै प्रवेश गरी करणी गर्न खोजेको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिए। दुवै जना एउटै घरमा डेरा गरी बस्दै आएका थिए। घटनाको थप अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस