सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा सेती नदिमा नुहाउने क्रममा बगेर एक जना शिक्षक वेपत्ता

२०७६ जेठ ३, ०५:२८ खबर संवाददाता

डोटीमा सेती नदीमा नुहाउने क्रममा एक जना बगेर वेपत्ता भएका छन। शुक्रबार सेती नदीमा नुहाउने क्रममा के.आई.सिंह गाउँपालिका ५ बस्ने ३९ बर्षीय योग बहादुर रावल रहेकोे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।

उनका अनुसार शिखर नगरपालिका २ मा पर्ने सालमुनीमा पूजा गर्न गएका उनी शुक्रबार दिउँसो साढे २ बजे नुहाउने क्रममा बगेर वेपत्ता भएका हुन। उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ। उनी रानागाउको सरस्वती माध्यमिक विद्यालयमा नेपाली विषयका शिक्षक समेत रहेको जनाईएको छ।

कमेन्ट लोड गर्नुस