सगरमाथा आरोहण गरेर फर्केका एक भारतीय नागरीकको मृत्यु

सगरमाथा आरोहण गरेर फर्केका एक जना भारतीय नागरीकको मृत्यु भएको छ। सगरमाथाको चौथो शिविरबाट फर्केका रवि ठाकुरको राति सुतेको ठाउंमा मृत्यु भएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आठ हजार मिटर उचाइमा रहेको चौथो शिविरमा अक्सिजन अभावले ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ।
मृतक रवि ठाकुर भारतीय सैनिक रहेको बताईएको छ। यस्तै केहि दिन अघि मात्रै संखुवासभाको मकालु हिमाल आरोहण सकेर फर्कदै गरेका अर्का भारतीय नागरिक नारायण सिंहको मृत्य’ भएको छ भने अर्का भारतीय नागरिक दीपशंकर घोष हराइरहेका छन्। उनीहरु सबै सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहणमा गएको बताइएको छ।




