सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिरबाट लडेर दार्चुलामा एक पुरुषको मृत्यु

२०८० फाल्गुन २६, ०४:०१ खबर संवाददाता

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–५े घट्टेकसाड का ५३ वर्षिय दलबहादुर धामीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। शुक्रवार घरबाट नौगाड गाउँपालिकाको केन्द्र होपरिगाड गएका धामी राति अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा आज (शनिवार) बिहान उनको शव घट्टेखोला भिरमा फेला पारेको दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

प्रहरीका अनुसार शुक्रवार नौगाड गाउँपालिकाको स्थापना दिवसमा पुगेका धामी घरफर्किने बेला भिरबाट लडेर ज्यान गएको हुन सक्ने अनुमान छ। शवलाई पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ। घटना बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस