सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ दिनमा धनगढीका ६ हजार बढी बालबालिकाले लगाए रुबेला खोप  

२०८० फाल्गुन २६, ०९:४३ खबर संवाददाता

धनगढीः दादुरा रुबेला खोप अभियानमा १२ दिनमा धनगढी उपमहानगरपालिका भित्रका ६ हजार भन्दा बढी बालबालिकाले खोप लगाएका छन्।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा रुबेला खोप अभियान २०८० सफल पार्न फागुन १३ गतेदेखि २४ गतेसम्म धनगढी उपमहानगरपालिकामा सञ्चालित अभियानमा नगरपालिका भित्रका ६ हजार ९३ बालबालिकाले खोप लगाएका छन्।

जस्मा ९ देखि ५९ महिना सम्मका १६ हजार ६६३ बालबालिका र ५ देखि १५ वर्ष सम्मका ४३ हजार ४३० बालबालिकाले खोप लगाएको धनगढी उपमहानगरपालिको जनाएको छ। छुट भएका बालबालिकाहरुलाई यहि फागुन ३० गते खोप लगाउने प्रबन्ध रहेको समेत नगरपालिकाले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस