सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भिरबाट लडेर एक महिला घाइते

२०८० फाल्गुन २५, ०९:५१ खबर संवाददाता

अछामः अछाममा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

पञ्देवल बिनायक नगरपालिका–४ कालिकाकी ६५ वर्षीय नन्ता नेपाली भिरबाट लडेर घाइते भएकी छन्।

कमलबजार नगरपालिका–३ बयलपाटा माइत जान्छु भनि हिँडेकी नेपाली घरबाट अन्दाजी दुई मिटर टाढा रहेको छारेकाँडा भन्ने ठाउँमा घाइते अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस