सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बौनीयामा आगलागी, एक करोड ३० लाखको क्षती

२०७६ जेठ ३, ०३:०४ खबर संवाददाता

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्वर १ बौनिया बजारमा रहेको एक पसलमा आगागी भएको छ। स्थानीय रवि कुँवरको दुई तले घरमा रहेको प्रकाश नाथको ईलेक्ट्रोनीक पसलमा आगलागी भएको हो। विद्युत सर्ट भएर आगलागी हुँदा झण्डै एक रोड ३० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनले एक करोड ३० लाख बराबरको सामान मात्रै जलेर नष्ट भएको बताए। पसलमा रहेका फ्रिज, पंखा लगायतका सामानहरु जलेर नष्ट भएका छन्। आगो झण्डै एक घण्टामा नियन्त्रणमा लिईएको थियो। लम्कीचुहना नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले स्थानीय वासिन्दा र सुरक्षा नियकायले आगो नियन्त्रण गरेका हुन्। बर्दगोरीया गाउँपालिकाको दमकल नहुँदा बढी क्षती भएको हो। 

कमेन्ट लोड गर्नुस