सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहमा आगामी आर्थीक बर्षका लागि योजना छनौटको प्रक्रिया सुरु भएन

२०७६ जेठ ३, ११:३७ खबर संवाददाता

जेठ महिना सुरु भईसक्दा समेत कैलालीमा आगामी आर्थीक २०७६÷०७७ का लागि योजना छनोट गर्नमा ढिलाई भएको छ। जेठ १५ गते भित्र वस्ती र टोलस्तरका योजना छनोट गरिसक्नु पर्ने प्रवधान रहेको भएपनि कैलालीका स्थानीय तहहरुले सो प्रवधानलाई कार्यन्वयन गर्न वेवास्ता गरेका हुन््। १३ ओटा स्थानीय तह रहेको कैलालीमा केहिले योजना छनोटको प्रक्रियालाई अगाडी बढाएको भएपनि अधिकासंले वास्ता गरेका छैनन्। यसरी योजना छनोटमा भईरहेको ढिलाईले गर्दा आगामी आर्थीक वर्षका लागि पनि पहुचको आधारमा योजना छनोट हुने संकेत देखिएको छ। तर टिकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावालले भने असार मसान्त भित्रै योजना छनौट सक्ने दावी गरे। ‘अहिले तालिका अनुसार नै योजना छनौटको प्रक्रिया अगाडी नबढेपनि असार मसान्त भित्रै छनौटका सबै प्रक्रिया पुरा हुन्छन्।’ उनले भने। 

घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले पनि अहिले योजना कार्यान्वयनको पनि महत्वपूर्ण समय भएकाले तालिका अनुसार नै छनौट प्रक्रिया अगाडी बढ्न नसकेको स्वीकार गरे। आगामी आर्थीक वर्षको लागि योजना छनोट गर्न बैसाख महिनाभित्र संघ तथा प्रदेशबाट बित्तिय हस्तान्तरणको खाका, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धि मार्गदर्शन प्राप्त गर्ने, बैसाख मसान्तभित्र स्रोत अनुमान र कूल बजेटको सीमा निर्धारण गर्ने, जेठ १५ भित्र बस्ती तथा टोल स्तरबाट योजना छनौट गरिसक्ने, जेठ २५ गतेभित्र वडास्तरीय योजना प्राथामिकीकरण गर्ने, असार १५ भित्र बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रम तयारी गर्ने, असार १५ गते गाउँ नगर कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति गरी सभामा पेश गर्ने र असार ३० गते भित्र गाउँ नगर सभाको बैठकबाट बजेट तथा कार्यक्रम स्वीकृति गर्नु पर्ने चरण हरेका छन्। 

कमेन्ट लोड गर्नुस