सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्रकसहित १९ लाखको अवैध सामान बरामद, चालक प्रहरी नियन्त्रणमा

२०८० फाल्गुन २३, ०३:०८ खबर संवाददाता

बैतडीः बैतडीमा ट्रकसहित १९ लाख बढीको अबैध सामान बरामद गरिएको छ।

जिल्लाको मेलौली नगरपालिका–३ लामालेकबाट से १ ख २०१४ नम्बरको ट्रकसहित अबैध सामान प्रहरीले बरामद गरेको हो। चार लाख ८ हजार ४ सय ४० रुपैयाँको अवैध सामान र १५ लाख ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

बुधबार बिहान ३ बजेको समयमा ट्रकसहित भन्सार छलीको सामान र चालक पाटन नगरपालिका–८ का ४५ वर्षीय गणेश मडैलाई नियन्त्रणमा लिएको उनले बताए। बरामद सामान र ट्रकलाई कैलाली भन्सार कार्यालय धनगढी पठाइएको छ।

कमेन्ट लोड गर्नुस