सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती लोकमार्ग अन्तरगत लम्कीदेखि अछाम सम्म मात्रै १० हजार बढि रुख काट्नुपर्ने

२०७६ जेठ ३, ०७:३२ कमल सावद

बहु प्रतिक्षित सेती लोकमार्ग निर्माण सुस्त गतिमा भइरहेका बेला पुनः पुरक वातावरणीय प्रभाव मुल्याङकन गरिएको छ। लाोकमार्ग क्षेत्रमा पर्ने वन तथा वस्तीको अध्ययन गर्दै पुनः पुरक वातावरणीय प्रभाव मुल्याङकन गरिएको हो। यसअघि दुई पटक वातावरणीय प्रभाव मुल्याङकन गरिएको थियो। सडक क्षेत्रमा एक सय ६४ दशमलव ९८ हेक्टर क्षेत्रमा दश हजार ३ सय ४३ रुख कटानी गर्नु पर्ने वातावरण्ीया प्रभाव मुल्याङकनले देखाएको छ। वातावरण प्रभाव मुल्याङकनको काम गरेको एभेष्ट कन्सटेन्सीका प्रवन्ध निर्देशक कृष्णदेव यादवले सबैभन्दा बढि कैलाली क्षेत्रमा रुख रहेको बताए। 

‘वातावरणीय प्रभाव मुल्याङकनका लागिसाँज, शिरिस, सिमल, कुसुम, सधन, हल्दु, फलाट, लालिगँुरास, कटुस, बाँझ, खसु्र, सल्ला, साल, चिलाउने, उतिस, वर, जामुन, मौवा, भलायो, बररो, हररो, अंगेरी, टुनी, चिउरी, काउलो लगायतका रुख काट्नुपर्ने देखाएको छ।’ उनले भने। सेती लोगमार्ग क्षेत्रमा पर्ने बस्तीहरुको पनि बृद्धि भएको छ। वतावरणीय प्रभाव मुल्याङकन तयार भएपनि रुख कटानीको विषय टुङगिन नसकेको सेती लोगमार्ग दक्षिणी खण्डका योजना प्रमुख राजेशकुमार दासले बताए। 

‘वन तथा वातावरण मन्त्रालयले पुरक वातावरणीय प्रभाव मुल्याङकनको. बिषयमा बिमती भए १५ दिन भित्र निवेदन गर्न वन तथा वातावरण मन्त्रालयले सूचना निकालेको छ। ’ उनले भने। चालु आर्थिक बर्षमा ३० किलोमिटर ट्रयाक खोल्ने लक्ष्य राखिएकोमा आर्थिक बर्षका दुई महिना मात्रै बाँकी रहदा १० किलोमिटर पनि ट्रयाक खोलिएको छैन्। एक सय ४४ किलोमिटर सेती लोकमार्गमा पुरक वातावरण प्रभाव मुल्याँकन गरिएको भएपनि अछाम देखि बझाङको धुलीसम्म अर्थात उत्तरी खण्डको निर्माण झनै सुस्त गतिमा छ। निर्माण सुरु भएदेखि अहिले सम्म ३५ किलोमिटर मात्रै सडकके ट्रयाक खोलिएको छ भने अधिकासं सडक क्षेत्रको डिपिआर समेत बनाउन बाँकी रहेको सेती लोकमार्ग उत्तरी खण्डका प्रमुख ऐनवहादुर सिंहले बताए। 

पुरक वातावरणीय प्रभाव मुल्याङकन
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस