सुदूर नेपाललाई विश्वसँग जोड्दै

ललितकला प्रदेश बिशेष पुरस्कारबाट बम सम्मानित

२०७६ जेठ ३, ०७:११ खबर संवाददाता

ललितकला प्रदेश बिशेष पुरस्कारबाट धनगढीका युवा, पर्यटन व्यवसायी योगेन्द्र बम सम्मानित भएका छन्। राष्ट्रिय कला परिसदमा सम्पन्न “नवौ राष्ट्रिय ललितकला प्रदर्शनी २०७६” मा बम सम्मानित भएका हुन्। उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए। उनलाई सुदूरपश्चिममा पर्यटन प्रवद्र्धनका लागि फोटोग्राफीबाट महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित गरिएको हो। राष्ट्रिय कदर पत्रसंगै २५ हजार नगद सहित बमलाई सम्मान गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस