सिङ्गापुरले कर्मचारी अवकाशको उमेर ६४ वर्ष पुर्याउँदै
सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गर्नुभएको छ।
उनले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने पनि बताउनु भएको छ । सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए। कुल प्रजनन् दर गत वर्ष ०.९७ मा झरेको थियो। सो प्रजनन् दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो।