सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज नेपाल र नेदरल्यान्ड्स खेल्दै 

२०८० फाल्गुन २२, ०५:४९ खबर संवाददाता

काठमाडौंः त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन्। उक्त खेल टियु क्रिकेट मैदानमा मङ्गलवार बिहान साढे ११ बजेदेखि सुरु हुनेछ।

नेदरल्यान्ड्स ४ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो। नामिबिया भने ४ खेलमा ३ अंकसहित बाहिरिएको छ। यो सिरिजमा नेपाल र नेदरल्यान्ड्सको तेस्रो भेट हो। पहिलो भेटमा नेदरल्यान्ड्स र दोस्रो भेटमा नेपाल विजयी भएको थियो।

पहिलो भेटमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपालले दोस्रो भेटमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा पुनरागमन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो।

पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियालाई ३ रन र चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो। पहिलो दुई खेलमा नेपाललाई २ रन र नामिबियालाई ५९ रनले पराजित गरेको नेदरल्यान्ड्स तेस्रो खेलमा नेपालसँग ६ विकेटले पराजित हुँदा चौथो खेल नामिबियाविरुद्धको खेल भने वर्षाले अवरुद्ध भएको थियो।

केही दिनअघि मात्रै टियु क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप एक दिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिजमा नेपाल र नेदरल्यान्डको दुई पटक भेट भएको थियो। जसमा एक खेलमा नेपाल र एक खेलमा नेदरल्यान्ड्स विजयी भएका थिए।

कमेन्ट लोड गर्नुस