एक्सिस विद्याश्रामद्धारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग
धनगढीको एक्सिस विद्याश्रामले मानवसेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। विद्याश्रममा अध्ययनर ७५ जना विद्यार्थीहरुले रकम संकलन गरी १२ हजार बराबरको खाद्यान्न सामाग्रीहरु मानव सेवा आश्रममा हस्तान्तरण गरेका हुन्। एक्सिस विद्याश्राममा गठन गरिएको ईन्टरेक्ट क्लवले खाद्यान्न हस्तान्तरण कार्यक्रमका लागि सहजीकरण गरेको विद्यालयका शिक्षक तेज पुरुषले जानकारी दिनुभयो।
मानवसेवा आश्रम सुदुरपश्चिम प्रदेश धनगढी शाखामा रहेका १७ जनाको खानपानमा सहजता होस र नैतिकवान नागरिको हैसियतले गर्नु पर्ने सामाजिक उत्तरदायीत्व पुरा गर्नको लागि खाद्यान्न वितरण गरिएको विद्यालयकी प्रिन्सिपल अनिता पन्तले जानकारी दिनुभयो। विद्यालयले विद्यार्थीहरुको सक्रियतामा दाल, चामल, चिउरा, नमकिन, विस्कुट लगायत समाग्री हस्तान्तरण गरेको हो।




