गेटवे एकेडेमीले मनायो ५ औं वार्षिक उत्सव
धनगढीः कैलालीको धनगढीमा रहेको गेटवे एकेडेमी मन्टेश्वरी विद्यालयको ५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीको प्रमुख आतिथ्यतामा आइतबार बार्षिक उत्सव तथा अभिभावक दिवश सम्पन्न भएको हो। वार्षिक उत्सवमा बोल्दै प्रमुख अतिथि जोशीले वालवालिकाको शैक्षिक र सांस्कृतिक सिकाई देख्न पाउँदा खुशी व्यक्त गरे। उनले विद्यालयसँगै मुल्य मान्यतामा आधारित शिक्षा दिन अभिभावकले पनि ख्याल गर्नुपर्ने बताए।
कार्यक्रममा उत्कृष्ट सहकार्य गर्ने अभिभावक सुवास चन्द्र उपाध्याय र दस्पक पाण्डेयलाई सम्मान गरिएको छ। यस्तै उत्कृष्ट काम गर्ने सोही विद्यलयका शिक्षक माया चन्द, लक्ष्मी बोहरा, कर्मचारीहरु दिनेश चौधरी र निर्मला जोशीलाई सम्मान गरिएको छ।
कार्यक्रममा दुई कक्षासम्मका कलिला वालबालिकाहरुले आफ्ना प्रतिभा देखाएका थिए। कक्षामा उन्नती भएकालाई दिक्षित गरिनुका साथै उत्कृष्ट नतिजा, हाजिरी र सरसफाई विधामा विद्यार्थीहरु पुरस्कृत भएका थिए।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष महानन्द पडालले मन्टेश्वरी शिक्षाले अहिलेको समय सुहाउदो शैक्षिक जग तयार पार्न सक्ने बताए। कार्यक्रममा एलायन्स कलेजका निर्देशक उत्तम भण्डारी, धनगढी उपमहानगरपालिका–५ का वडाअध्यक्ष गजेन्द्र शाही, मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष शान्ती भट्ट, उसु महासंघका केन्द्रीय सदस्य दिनेशराज भट्ट लगायतको सहभागिता थियो।