सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–१६ महिला फुटबल प्रतियोगितामा बंगलादेशसँग नेपाल पराजित

२०८० फाल्गुन १९, ०५:३१ खबर संवाददाता

काठमाडौँः राजधानीमा शुक्रवारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ।

च्यासल मैदानमा भएको खेलमा बंगलादेशले नेपाललाई २–० गोलले हराएको हो। शुक्रवार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो।

साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बङ्गलादेशसहित चार टिमले सहभागिता जनाएका छन्। राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।  
 

कमेन्ट लोड गर्नुस