सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

२०८० फाल्गुन १९, ०५:०८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको आज बोलाइएको बैठक स्थगित भएको छ।

कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको हो। प्रदेश सभाको तेस्रो अधिवेशनको १० औं बैठक आज (शनिवार) दिउँसो २ बजेका लागि बोलाइएको थियो।

समितिको निर्देशनमा सो बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले बताए।
 

कमेन्ट लोड गर्नुस