सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा क्रिकेट अभ्यासस्थल बन्दै

२०८० फाल्गुन १९, ०४:५५ रासस

कञ्चनपुरः क्रिकेट खेलप्रति युवाको आकर्षण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिका–५ स्थित शिवशङ्कर मावि परिसरमा क्रिकेट अभ्यासस्थल निर्माण गरिने भएको छ।

राष्ट्रिय तथा अन्तररष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले क्रिकेट मैदान तथा अभ्यासस्थल निर्माण गर्न लागिएको हो। सुदूरपश्चिम प्रदेश सरकारको आठ लाख २० हजारको लागतमा क्रिकेट अभ्यसस्थल निर्माण हुन लागेको वडाध्यक्ष चक्रबहादुर खड्काले बताए। उनका अनुसार निर्माणमा उपभोक्ता समितिको एक लाख २० हजार बराबरको श्रमदान रहनेछ।

विद्यालयको चलनभोगमा रहेको १५ कठ्ठा जग्गामा अभ्यासस्थल र मैदान निर्माणका लागि आवश्यक तयारी अगाडि बढाइएको वडाध्यक्ष खड्काले बताए। अभ्यासस्थल निर्माणका लागि मैदान सम्याउने, खाल्ड खुल्डी पुर्नेलगायतका काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र शाहीले बताए। “मैदान सम्याउने र रोलिङको भइरहेको छ।

यो काम सकिएपछि क्रिकेट मैदान पिच गर्न तयार गर्नेछौँ”, उनले भने। शाहीका अनुसार पिचको लम्बाई २२ र चौडाई ४ मिटर रहनेछ। क्रिकेट अभ्यासस्थलसँगै तयार हुँदै गरेको मैदानमा स्थानीयस्तरदेखि राष्ट्रियस्तरका प्रतियोगिता खेलाउन मिल्ने समितिका अध्यक्ष शाहीको भनाइ छ। 

कमेन्ट लोड गर्नुस