सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ

२०८० फाल्गुन १९, १०:१६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका-८ कलकत्ताबाट २.०२ ग्राम लागूऔषधसहित बेल्डाडी गाउँपालिका-३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ।

यस्तै भीमदत्त नगरपालिका-१३ भाईरल रोडबाट ४० ग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-१२ र १३ बस्ने ३ जना किशोरलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित उनीहरुको साथबाट खुकुरी १ थानसमेत फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस