सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्यो लोकसेवा आयोगलाई परीक्षा स्थगित गर्न अनुरोध

। फोटो स्रोत ।
२०७६ जेठ २, ०४:१९ खबर संवाददाता

लोकसेवा आयोगलाई परीक्षा स्थगित गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अनुरोध गरेको छ। ९६ जना स्टार्फ नर्सलाई स्थायी पदपूर्ति गर्न केन्द्रले वैशाख १३ गते सूचना  प्रकाशित गरेकोमा त्यसको विरोध गर्दै करारमा कार्यरत कर्मचारीहरुले जागिरको सुनिश्चिताको माग राखी आन्दोलन सुरु गरेका थिए।  

संघ र केन्द्रका तर्फबाट  आफ्ना मागबारे प्रतिक्रिया नपाएपछि एक हप्ताअघि केन्द्रमा कार्यरत स्टाफ नर्स डिक्की शेर्पा  र पोखराकी नर्स  जिता बराल आमरण अनसन बसिरहेका छन्। नर्सको स्वास्थ्यवस्था गम्भीर हुन थालेपछि केन्द्रले आजै लोक सेवा आयोगलाई पत्र पठाउँ दैपरीक्षा स्थगित गर्न अनुरोध गरेको हो। 

आन्दोलनरत नर्सहरुले काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम गर्दै आएका कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा हुने सम्मेलनमा कार्यरत कर्मचारीलाई अवसर दिनुपर्ने लगायतका माग राखेका छन्।   
 

कमेन्ट लोड गर्नुस