सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगा गोल्डकप भोलिबाट सञ्चालन हुने

२०८० फाल्गुन १८, ०९:४१ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा भोलि फागुन १९ गतेदेखि हुने चौथो संस्करणको गौरीगंगा गोल्डकपको तयारी पुरा भएको छ।

गौरीगंगा– ११ स्पोर्टस क्लबको आयोजनामा हुने गोल्डकपको तयारी पुरा भएको हो। मैदान  ममर्मतदेखिका सबै तयारी पुरा भएर उद्घाटनको तयारीम रहेको आयोजक गौरीगंगा– ११ स्पोर्टस लबका अध्यक्ष दिनेश कलेलले बताए। प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले गर्ने भएका छन्।

प्रतियोगिता गौरीगंगाको लिक्मा खेलमैदानमा सञ्चालन हुनेछ। कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजनमा १० टोलीको सहभागिता रहेको छ। यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन्। कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको बताए। प्रतियोगिताको उद्घाटनको दिन घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबको खेल हुने छ। 
 

कमेन्ट लोड गर्नुस