सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक वडा कार्यालयमा लगाइएको ताला ७ दिन पछि खुल्यो

२०८० फाल्गुन १८, ०५:३७ खबर संवाददाता

बैतडीः बैतडीको सिगास गाउँपालिका–१ मा लागाइएको ताला खुलेको छ।

शुक्रवार संघर्ष समिति र वडा अध्यक्षबिच भएको दुईपक्षीय सहमतिपछि वडा कार्यालयमा लागेको ताला खुलेको हो। फागुन १३ गते देखि उक्त वडा कार्यालयमा तालाबन्दी थियो। संघर्ष समिति संगको समन्वय विना गत बुधवार  दिउंसो ताला खोलियो। संघर्ष समितिले माग सम्बोधन विना ताला तोडिएको  भन्दै  फेरी अप्रहान्न ताला लगाएको थियो।

आज (शुक्रवार) भने जनप्रतिनिधि र संघर्ष समितिबीच सहमति जुटेपछि ताला खोलिएको बताइएको छ। कुर्चेनेटा देखि गर्जे जोड्ने सडकका विषयमा वडा अध्यक्ष लगायत वडा कार्यालयबाट आवश्यक सहयोगको आश्वासन पछि ताला खोलिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए।
 

कमेन्ट लोड गर्नुस