सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनजङ्घा मुख्य शिविरमा पुगेर फर्कने क्रममा २ भारतीय नागरिकको मृत्यु

। फोटो स्रोत ।
२०७६ जेठ २, ०१:१५ खबर संवाददाता

कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना सम्पर्क विहिन भएका छन। मृत्यु हुने आरोहीहरुमा पश्चिम बंगालका ४६ वर्षीय कुन्तल कार्नार र ४८ वर्षीय विप्लव वैद्य रहेको जनाइएको छ। 

बुधबार विश्वको तेस्रो ८ हजार ५ सय ८६ मिटर अग्लो हिमाल कञ्चनजङ्घा मुख्य शिविरमा पुगेर फर्कने क्रममा चौथो शिविरमाथिको क्षेत्रमा विप्लव वैद्यको मृत्युभएको हो भने, कुन्तल कार्नारको आरोहणकै क्रममा मृत्यु भएको आरोहणको जिम्मा लिएको ’पिक प्रमोशन कम्पनी’ का प्रबन्ध निर्देशक केशव पौडेलले जानकारी दिए। 

पौडेलका अनुसार सम्पर्कविहिन भएका एकजनाको खोजी कार्य भैरहेको छ भने, ज्यान गुमाउनेहरुको शव उद्धारको प्रयास भैरहेको छ। कञ्चनजङ्घालाई विश्वको अति जोखिमपूर्ण हिमालको रुपमा लिइन्छ। पर्वतारोहण मौसमको समयमा सयौँको संख्यामा पर्वतारोहीहरु हिमाल आरोहण गर्न आउने गर्दछन्। मौसमको केही फेरबदल हुँदा पनि यहाँ जोखिम बढ्ने गर्दछ।
 

कमेन्ट लोड गर्नुस