शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खर ल्याउँदै महिला
२०८० फाल्गुन १८, ०८:५४
कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खर काट्न खुल्ला गरेपछि मध्यर्ती क्षेत्रका महिलाहरु खर ल्याउन व्यस्त रहेका छन्।
महिलाहरुले निकुञ्जको अर्जुनी फाँटाबाट खर ल्याउने गरेका छन्। निकुञ्जले मध्यर्ती क्षेत्रका बासिन्दालाई घर गोठको छानो छाउन लगायतका कार्यमा प्रयुक्त हुने खर काट्न खुल्ला गरेको छ।
कमेन्ट लोड गर्नुस