सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौंडीमा साढे १८ करोड बढीमा दुई स्वास्थ्य चौकी निर्माण हुने 

२०८० फाल्गुन १७, ०९:३७ खबर संवाददाता

धनगढीः बैतडीको पुर्चौडी नगरपालिकामा साढे १८ करोडभन्दा बढीको लागतमा दुई वटा स्वास्थ्य चौकी निर्माण गरिने भएको छ। नगरपालिकाको वडा नम्बर ७ र ८ मा स्वास्थ्य चौकी निर्माणका लागि ठेक्का सम्झौतासहित साइट प्रदान गरिएको हो।

आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन कोटिला र मल्लादेही स्वास्थ्य चौकीको निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए। उनले जर्मन एडको सहयोगमा कोटिला र मल्लादेही स्वास्थ्य चौकी भवम निर्माणको ठेक्का सम्झौता भएर काम अगाडि बडाउन निर्माण कम्पनीलाई बिहीवार साइट प्रदान गरिएको बताए।

सम्झौताअनुसार कोटिला र मल्लादेही  स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण हुने गरी फाइनल लेआउट सहित ठेकेदार कम्पनीलाई  साइट प्रदान गरिएको हो।  स्वीकृत ठेक्का सम्झौताअनुसार कोटिला स्वास्थ्य चौकी निर्माण गर्न जेजे ओम श्रेष्ठ जिभीसँग ९ करोड ४७ लाख ४३ हजार ९४७ र मल्लादेही स्वास्थ्य चौकी निर्माण गर्न रविना जुगल जेभीसँग ९ करोड १२ लाख २५ हजार ९ ८० रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

कोटिला स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरू
बिहीवारबाट नै कोटिला स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरू भएको छ।  स्वास्थ्य चौकीबाट जनरल प्रयोगशाला सुरू भएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए। प्रयोगशाला सेवाको नगर प्रमुख दिपकबहादुर बमले उद्घाटन गरेका हुन्। स्वास्थ्य चौकीको प्रयोगशालामा बिरामीको रगत, दिशा, पिसाव र  खकार परीक्षण हुनेछ।
 

कमेन्ट लोड गर्नुस