सुदुरपश्चिमका आर्थिक मामिला मन्त्रालयका सहसचिव सहित ४३ जनाको सरुवा(सूचीसहित)
काठमाडौंः आर्थिक मामिला मन्त्रालय सुदुरपश्चिमका सहसचिव सहित एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन भएको छ।
१४ फागुनको मन्त्रिपरिषद बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवको नाम सरुवा तथा पदस्थापनका लागि भन्दै पठाएको थियो।
तर, अर्थ मन्त्रालयले २ जना सहसचिवको नाममा असहमति जनाएपछि निर्णय हुन सकेको थिएन। अरुण पोखरेल प्रदेश आर्थिक मामिला मन्त्रालय सुदुरपश्चिमबाट गृह मन्त्रालयमा सरुवा भएका छन्।