सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी रिले अनसनमा

२०८० फाल्गुन १७, ०४:२३ खबर संवाददाता

धनगढीः कैलालीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत केहि विद्यार्थीहरु विद्यार्थीका समस्या समाधानधका लागि संघर्ष समित गठन गरेर रिले अनसन बसेका छन्।

फाल्गुन १४ गते क्याम्पस प्रमुखलाई बुझाएको ८ बुँदे मागपत्रको वास्ता नगरेपछि अनसन सुरु गरेको तेज मल्लले बताए। माग सम्बोधन नभएपछि उनीहरु बिहीवारबाट अनसन बसेका हुन्।

उक्त संघर्ष समितिका मागः

१.सेमष्टरको अध्ययन सुरु हुनुपुर्वनै आवश्यक पाठ्य पुस्तक तथा विषय कोर्षको व्यवस्था,पुस्तकालयको व्यवस्था

२.सेमष्टरको सक्रान्त परीक्षा हुनुभन्दा एक महिना अगावै कोर्ष सक्काउनुपर्ने

३.विभिन्न संकायामा अध्यापन गराउने विषय शिक्षक अभावको समस्या तत्काल समाधान गर्नुपर्ने

४.कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि हास्टेलको व्यवस्था गर्नुपर्ने

५.विद्यार्थीलाई समयमै छात्रवृत्ति कार्यक्रमको जानकारी तथा वितरण गर्नुपर्ने

६.विश्वविद्यालयको कार्य विधिलाई मिचेर गरेका सम्पुर्ण कार्यहरु तत्काल खारेज गरि कायैविधी अन्र्तगत रहेर गतिबिधि सञ्चालन गर्नुपर्ने

७.क्याम्पसमा क्लबका नाममा भइरहेको राजनिति अन्त्य गरि विद्यार्थीका अतिरीक्त क्रियाकलापमा स्वच्छ रुपमा सञ्चालन गरिने वातावरण बनाउँने

८.विद्यार्थीका अतिरीक्त क्रियाकलाप लगाएत अन्य व्यवस्थापनमा गरिने खर्चको निश्चित मापदण्ड बनाउँने लगाएतका माग राखेका थिए।
No description available.

कमेन्ट लोड गर्नुस