सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खुटिया नदीबाट ट्याक्टरहरूको भागाभाग

२०८० फाल्गुन १७, ०२:२४ खबर संवाददाता

धनगढी : कैलालीको खुटिया नदीबाट ट्याक्टरहरूको भागाभाग भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ धनचौरी र धनगढी उपमहानगरपालिकाको वडा नम्बर १७ पथरी जोड्ने झोलुङ्गे पुल क्षेत्रबाट ट्याक्टरहरूको भागाभाग भएको हो।

नदीहरूमा पुल क्षेत्रमा एक किलोमिटर दक्षिण र पाँच सय मिटर उत्तरबाट नदीजन्य पदार्थ सङ्कलन गर्न नुहुने कानुनी व्यवस्था रहेको छ। तर, धनचौरीको झोलुङ्गे पुल क्षेत्रमा दोहोन हुँदै आएको छ। जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खजराज भुषालसहितको टोली देखेपछि ट्याक्टरहरू भागेका हुन्।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख भुषालसहितको टोली अनुगमनका लागि धनचौरी क्षेत्रको खुटिया नदीमा पुगेको हो।

 

कमेन्ट लोड गर्नुस