सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ओलानीमा दुई वर्षमा १० जना एचआइभी संक्रमितको मृत्यु

२०७६ जेठ २, ११:०७ खबर संवाददाता

कैलालीको ओलानी क्षेत्रमा मात्रै दुई वर्षको अवधीमा १० जना एचआइभी संक्रमितको मृत्यु भएको छ। गोदावरी नगरपालिकाको वडा नम्वर १०, ११ र १२ मा रहेका १० जना एचआइभी संक्रमितको मृत्यु भएको हो। एआरटि सेन्टरका राजेन्द्र मल्लका अनुसार पछिल्लो दुई वर्षको अवधीमा १० जना संक्रमितको मृत्यु भएको हो। 

धेरै संक्रमित रोजगारीका लागि भारत गएका कारण मृत्यु हुनेको संख्या अझै थपिन सक्ने उनले बताए। पहिले केही संघ संस्थाले पीडितको पोषणका लागि सहयोग गर्ने गरेको भए पनि दुई वर्ष यता भने कुनै पनि सरकारी तथा गैर सरकारी निकायको सहयोग नरहेको संक्रमितहरुको गुनासो छ। सो क्षेत्रमा करिब २ सय ५० जना सम्म एचआईभि संक्रमित रहेका छन्। दलित समुदायको बाहुल्यता रहेको ओलानीमा एचआइभि संक्रमण बढ्नुको प्रमुख कारण अशिक्षा रहेको गोदावरी प्लसका टिम लिडर सुरेश कुँवरले बताए। 
 

कमेन्ट लोड गर्नुस