कञ्चनपुरबाट एक लाख बराबरका माछा र चिनी बरामद
२०८० फाल्गुन १६, ०९:३८
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका माछा र चिनी बरामद गरिएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट भन्सार छलीका अन्दाजी २५ हजार मुल्य बराबरको चिनी बरामद गरिएको छ।
यस्तै बेलौरी नगरपालिका–५ मैनाहबाट अन्दाजी ७५ हजार मुल्य बराबरका माछा गरि एक लाख बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरका माछालाई नष्ट गरेको र चिनी भन्सार कार्यालय बुझाएको कञ्चनपुर प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस