सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार भण्डारीले जन्म दिनमा २७ हजार अक्षय कोषमा जम्मा गरे

२०८० फाल्गुन १५, ०८:१६

धनगढीः अछामका पत्रकार सुशील भण्डारीले जन्म दिनको अवसरमा अक्षय कोषमा रकम जम्मा गरेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनका भन्डारीले ‘सुशील शैक्षिक अक्षय कोष’मा २७ हजार जम्मा गरेका हुन।

मालिका आधारभूत विद्यालय ठुलासैनमा उनले अक्षय कोष स्थापना गरेका थिए। उनले २०७८ फागुन १५ गते “सुशील शैक्षिक अक्षयकोष” स्थापना गरेका थिए। कोषमा मङ्गलवार २७ हजार जम्मा गरिएको भण्डारीले बताए। उनी सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक–सञ्चालक हुन्। नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रहेको भण्डारीले गरिब तथा जेहेनदार विद्यार्थीको पठन पाठनमा सहजताका लागि अक्षय कोष स्थापना गरिएको बताए। उनले कोषमा तीन वर्षमा ७९ हजार रुपैयाँ जम्मा गरेका छन्।

मङ्गलवार २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालय पोसाकसमेत वितरण गरेको उनले बताए।

 

कमेन्ट लोड गर्नुस