सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रीका अगाडी विरामीले रुदै भने–सेती अस्पतालमा उपचार भएन, घर पठाईदिनुस

२०७६ जेठ १, ०६:५६ कमल सावद

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ का ३७ बर्षिय गणेश टमटा रोजगारीका लागि भारत गए। विगतमा भारतको खटिमाको एक होटलमा काम गर्दै आएका उनी विदामा घर आएका थिए र विदा सकिएपछि फेरी भारत पसे। टमटाले खटिमा पुगेपछि होटलको नयाँ भवन निर्माणका कारण बन्द भएको थाहाँ पाए।  होटल सञ्चालकले एक-दुई महिना पछि काममा आउन भन्दै उनलाई नेपाल फिर्ता पठाई दिए। भारतीय पाँच सय रुपैया समेत होटल सञ्चालकले उनलाई दिए। खल्तिमा पाँच सय रुपैया उनीसंगै थियो। अब गणेशसंग एक हजार भारतीय रुपैया भयो। नेपाल आउने तयारीमा रहेको अवस्थामा पछाडिबाट एक भारतीय मोटरसाईकलले उनलाई ठक्कर दियो र उनी घाईते भए। उनको हात भाचियो। 
राती ३ बजेको सयममा मात्र उनलाई अस्पताल लगियो। खटिमाको एक सरकारी  अस्पतालले उनलाई सामान्य उपचार गरेर नेपाल पठायो। साथमा कोही नभएका गणेश बसको यात्रा गर्दै महाकाली अस्पतालमा उपचारका लागि आए। तीन दिन महाकाली अस्पतालमा उपचार गराएपछि उनलाई अस्पतालले रेफर गर्यो। महाकाली अस्पतालले आफ्नै एम्बुलेन्समा गणेशलाई सेती अस्पताल धनगढी पुगायो। 
गणेशलाई मोटरसाईकलले ठक्कर दिएको ८ दिन पछि सेती अस्पतालमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसंग जम्का भेट भयो। सेती अस्पताल आएको तीन दिन भएपनि अस्पतालले बेवास्ता गरेको उनले रुदै मन्त्रीलाई सुनाए।   उनलाई सेती अस्पतालको अर्थाे वाडको वेड नम्बर २६ मा राखिएको छ। तर उनको उपचार भने भएको छैन्। बाँया हातको कुमको हड्डि भाचिएको भनिएपनि गणेशको आर्थिक अवस्था कमजोर भएकाले उपचार नभएको उनले मन्त्रीलाई पनि सुनाए। उनको उपचारका लागि एक हजार ९ सय ८० को रिङ आवश्यक परेको छ। तर उनीसंग एक रुपैया पनि बाँकी रहेको छैन्। बैतडीको दशरथचन्द नगरपालिकाबाट निःशुल्क उपचारका लागि निवेदन ल्याउने पनि उनको कोही भएन्। उनले रुदै भने–मेरा दाजु अपाङ्ग छन्। उनीसंग एक रुपैया पनि छैन। मलाई धनगढीबाट घर पठाइ दिनु। मेरो घरबाट भारतको पिथौरागड नजिक पछर्, म उतै गएर उपचार गर्छु। 
अस्पतालमा भर्ना भएका गणेशलाई डाक्टर तथा नर्सहरुले औषधी मात्र लेखेर दिन्छन्। तर उनीसंग एक रुपैया पनि नभएकै कारण हातमा पट्टि समेत बाधिएको छैन्। यो बिषयमा अस्पताल प्रसाशनलाई पनि जानकारी छ। सेती अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले उनको उपचार गर्न वार्डमा रहेका डाक्टरहरुलाई निर्देशन दिए। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस