सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक जना मृत फेला

२०८० फाल्गुन १५, १०:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।

भीमदत्त नगरपालिका–४ गोबरियानजिकै महाकाली सिंचाइ आयोजनाको मूल नहरमा स्थानीय ३७ वर्षीय चन्द्रबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार आइतबारदेखि सम्पर्कविहीन विष्ट मंगलबार बिहान नहरमा मृत फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। पोस्टमार्टमका लागि मृतकको शवलाई महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

कमेन्ट लोड गर्नुस