सुदूर नेपाललाई विश्वसँग जोड्दै

तत्काल किसानलाई दूधको भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

२०८० फाल्गुन १४, ०९:३५ खबर संवाददाता

काठमाडौंः दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

सोमवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महत, कृषिमन्त्री डाक्टर बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डाक्टर बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस