सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप दुर्घटना

२०८० फाल्गुन १४, ०९:०१ खबर संवाददाता

बझाङः बझाङमा आज (सोमवार) जिप दुर्घटना भएको छ।

जिल्लाको बुङ्गल नगरपालिका –५ मिडिबगर नजिक जिप दुर्घटना भएको हो। उक्त दुर्घनामा चालक सुजन धामी सामान्य घाइते भएका छन्।

केदारस्युँ गाउँपालिकाको बाग्थालाबाट बुङ्गल नगरपालिकाको विजगडा जाँदै गरेको से १ ज ५९२ नम्बरको जिप अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। जिपमा चालक मात्रै सवार रहेका थिए।
 

कमेन्ट लोड गर्नुस