सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित ५ जना पक्राउ

२०८० फाल्गुन १४, ०८:४१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका-११ रामजानकी टोल स्थित सडक खण्डबाट ७७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा रावललाई मोटरसाईकल थान–१ र लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

भीमदत्त नगरपालिका-६ सुकासालबाट १.७२ ग्राम लागूऔषध खैरो हेरोईनसहित कृष्णपुर नगरपालिका २ बस्ने २४ वर्षीय बिजय पालसहित दुई जनालाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुले प्रयोग गरेको थान–१ मोटरसाईकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट ०.६७ ग्राम लागूऔषधसहित भीमदत्त-१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर र भीमदत्त-८ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा उक्त पदार्थ सहित पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। 

कमेन्ट लोड गर्नुस