सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

२०८० फाल्गुन १३, ०८:१३ खबर संवाददाता

काठमाडौँः काठमाडौँमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन्। नेपाल र ेदरल्याण्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरु हुने छ।

नामिबिया पनि सहभागी यस प्रतियोगितामा उसले भने आफ्ना चार खेल खेल्दा तीन खेलमा जीतको नतिजा निकालेको थियो । जारी सिरिजमा नेपालले नामिबियासँग दुवै खेलमा पराजय भोग्दा नेदरल्याण्ड्सलाई भने पराजित गरेको थियो । नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरू खेलमा भने पराजित भएको थियो।

आजको खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुने छ। नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म चार वटा एक दिवसीय क्रिकेट भएका छन्। जसमा दुवै टिमले समान दुई ÷दुई जित निकालेका छन्। ४ वर्षसम्म ८ टिमले लिग टूमा प्रतिस्पर्धा गर्ने र शीर्ष चार टिमले विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा स्थान पक्का गर्ने छन्।

कमेन्ट लोड गर्नुस