सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्यमशील एक्सपो आजदेखि सुरु

२०७६ जेठ १, ०३:१६ खबर संवाददाता

व्यवसाय र उद्यमशीलता विकासका लागि ‘नेपाल इण्डिया फ्रान्चाइस इन्भेष्टमेण्ट एक्सपो एण्ड कनकेल्भ’ बुधबारदेखि काठमाण्डौमा सुरु भएको छ। जेठ २ गतेसम्म दरबारमार्गस्थित याक एण्ड यती होटलमा हुने यो एक्सपोमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय ब्राण्डका झण्डै ६० समूह सहभागी हुने छन्। 

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले दिएको जानकारीका अनुसार स्वदेशमा अन्तराष्ट्रिय ब्राण्डका आकर्षण र व्यावसायिक सम्बन्ध विस्तारका लागि एक्सपो गर्न लागिएको हो। उनले नेपाली ब्राण्डलाई स्तरोन्नति गर्न सहयोग पुग्ने एक्सपोले वैदेशिक लगानीको वातावरण बन्ने र रोजगारी सिर्जनामा सहयोग पुग्ने बताए। 

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपालस्थित भारतीय दूतावासको सहयोगमा हुने उक्त कार्यक्रममा दई देशबीचका व्यवसायीले लगानीका लागि प्रविधि, कृषि उत्पादन, पर्यटन व्यवसायलगायत क्षेत्रमा सम्भावनाको खोजी गरिने छ। एक्सपोमा भारतीय ब्राण्डका विभिन्न उत्पादनलाई नेपालमा कसरी व्यावसायिक गन्तव्य बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने बताइएको छ। दुवै देशका उद्यमी तथा व्यवसायीबीच व्यापार तथा आर्थिक विकासबारे अन्तरक्रिया समेत सञ्चालन गरिने छ। रासस

कमेन्ट लोड गर्नुस