सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीद्धारा सेती अस्पतालको अनुगमन

२०७६ जेठ १, ०३:१५ खबर संवाददाता

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सेती अस्पतालको अनुगमन नीरिक्षण गरेका छन्। अस्पतालमा पानीको अभाव लगायतका विभिन्न समस्या बढ्दै गएको समाचार सञ्चार माध्यममा सार्वजनिक भएपछि आज दिउँसो मन्त्री सुवेदी अस्पतालको अनुगमनमा पुगेका हुन्। मन्त्री सुवेदीले अस्पतालमा उपचार गराईरहेका विरामीसंग भेटघाट गर्दै उनीहरुका समस्या बारे बुझेका छन्।

उनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई अस्पताल भित्र सञ्चालनमा रहेका नीजि फार्मेसीहरु पनि हटाउन समेत निर्देशन दिएका छन्। अस्पताललाई व्यवस्थित  गर्दै गुणस्तरीय सेवा प्रदान गर्नमा प्रदेश सरकार कटिबद्ध रहेको उनले सुनाए।  मन्त्री सुवेदीले फोहोरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको भन्दै त्यसतर्फ ध्यान दिन समेत निर्देशन दिए। 
   
 

कमेन्ट लोड गर्नुस