सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त

२०८० फाल्गुन १०, ०८:४९ खबर संवाददाता

काठमाडौँः त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजङ्ग बराललाई नियुक्त गरिएको छ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीवार) त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरिएको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोद न्यौपानेले बताए।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेका थिए।

सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र  टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो। शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस