सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाँसु भिरमा द्धन्दकालमा राखेको एम्बुस विस्फोट हुदा चार जना घाईते

२०८० फाल्गुन ९, ०९:४५ खबर संवाददाता

धनगढीः भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ तिर द्धन्दकालीन समयामा राखिएको विद्युतीय धराप(एम्बुस) बिष्फोट हुदा चार जना घाईते भएका छन्।

सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुदा चालक सहित चार जना घाईते भएका छन्। घाईते हुनेमा जेसीबी चालक डडेल्धुरा आलिताल गाउँपालिका-८ बस्ने २४ वर्षीय बिकाश थापा (सामान्य घाईते), कैलालीको चुरे गाउँपालिका ३ बस्ने ४५ वर्षीय बसन्त खडायत(अवस्था सिरियस), सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अप्रेटर २२ वर्षीय हिरा थापा (अवस्था सिरियस), र बिराटनगर घर भई हाल कञ्चनपुर बस्ने ३५ वर्षीय नबिन देब (सामान्य घाईते) भएका छन्। घाईतेहरुको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ।

बिष्फोटपछि घट्नास्थल प्रहरीले सिज गरेको छ। सवारी साधन आवतजावतमा रोक लगाएको छ। द्धन्दकालमा उक्त क्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच भीषण लडाई भएको थियो। आज (बुधवार) बिष्फोट भएको बिद्युतीय धराप पनि द्धन्दकालकै भएको अनुमान गरिएको छ। उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिई गई यस सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको छ।

कमेन्ट लोड गर्नुस